इटहरीः मोरङको विराटनगर महानगरपालिका १९ मिलनचोकमा शुक्रबार बिहान साइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पैदल यात्रु मोरङकै ग्रामथान गाउँपालिका २ का ७० वर्षीय हर्कदेव सरदार रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाका अनुसार ठक्करबाट गम्भीर घाइते भएका सरदारालाई उपचारार्थ विराटनगरकै गोल्डेन अस्पताल लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

सरादारलाई ग्रामथान गाउँपालिका २ कै ३५ वर्षीय विनोद मोडियारीले चलाएको साइकलले आज बिहान  ठक्कर दिएको थियो । ठक्कर दिने साइकलयात्री फरार रहेकाले खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।