इटहरीः मोरङको विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित २ जनालाई पक्राउ गरेको छ ।
आज बिहान १०ः३० बजे लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को ३४ प २६३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार रहेका विराटनगर–१२ बस्ने २२ वर्षीय सुहन लिम्बू र मोरङकै बेलबारी–११ बस्ने ३१ वर्षीय सिकुम योङहाङको साथबाट २ ग्राम ९४ मिलिग्राम लागुऔषध ब्राउनसुगर बरामद गरी उनीहरुलाई समेत नियन्त्रणमा लिएको हो ।
यसरी लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेका लिम्बू र योङहाङको सम्बन्धमा ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।