इटहरीः मोरङको विराटनगर महानगरपालिका–८ बालगोपाल टोलमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।
गएराति ९ः०० बजे स्थानीय ३० वर्षीय राजु मुखिया आफ्नै घरको बिजुलीको बोर्डमा तार जोड्ने क्रममा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते मुखियालाई उपचारार्थ कोसी अस्पताल विराटनगर लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।