इटहरीः मोरङको जहदा गाउँपालिका–३ ठूलो हातिबन्दाबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा शनिबार बेलुका ६ः३० बजे इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले स्थानीय ४० वर्षीय भुसाराम राजवंशीको घरपछाडि रहेको कटेरोमा प्लाष्टिकमा प्याक गरी बोरामा हाली लुकाइछिपाई राखिएको ३८ किलो  गाँजा बरामद गरेको हो ।

राजवंशीको घरबाट गाँजा बरामद भएता पनि राजवंशी भने फेला नपरेकाले उनको खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।