इटहरीः सुनसरीको  रामधुनी नगरपालिका–३ स्थित दतकिच खोलाको पानीमा डुबी १ जनाको मृत्यु भएको छ । आज बिहान ११ः४५ बजे स्थानीय ३२ वर्षीय मग्न साहु सोही खोलामा हातखुट्टा धुने क्रममा एक्कासी पानीमा डुबी बेहोस भएका थिए । घटनाको जानकारी पााएलगत्तै अस्थायी प्रहरी पोस्ट झुम्काबाट प्रहरी टोली खटी गई साहुलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय पकलीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।