इटहरीः १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समुहबाट खटिएको प्रहरी टोलीले १ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धरान उप–महानगरपालिका–१७ डाडाँघोपा बस्ने २८ वर्षीय सोमान खत्री रहेको सो कार्यालयले जनाएको छ ।

जिल्ला अदालत सुनसरीको मिति २०७६ असोज ३० गतेको सजाय निर्धारण फैसला आदेशले ९ महिना २३ दिन कैद र ५ हजार रुपैयाँ जरिवानाको सजाय पाई फरार भएका थिए ।

गाउँघरमै लुकिछिपी बसेको अवस्थामा आइतबार पक्राउ परेका अभियुक्त खत्रीलाई जिल्ला अदालत सुनसरीको आदेशमा कैद भुक्तानका लागि झुम्का कारागार पठाइएको प्रहरील जनाएको छ ।