काठमाडौैँः संँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले आफू खेल पर्यटनलाई कसरी प्रवर्द्धन गर्न सकिन्छ भनेर लागि परेको बताएका छन् ।
शनिबार काठमाडौँमा आयोजित नेपाल खेलकुद महासंघ समाजवादीको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले पर्यटन र खेलकुद एक अर्काका पर्याय भएको बताएका ह’न् । उनले खेलकुद क्षेत्रको विकासका लागि पनि देशको राजनीति सही ठाउँमा हुनु जरुरी भएको भन्दै पर्यटन र खेलकुद क्षेत्रलाई कोभिडले समेत असर पारेको भन्दै यसका लागि आफूहरूले मेजर एड्भाञ्चर र कल्चर गरी ७४ बुँदे कार्ययोजना तयार पारी अगाडि सारेको बताए ।
बैठकमा महासङ्घको राजनीतिक सांगठनिक प्रतिवेदन पार्टीको केन्द्रीय सदस्य साथै महासङ्घको अध्यक्ष केशवकुमार बिष्टले बैठकमा प्रस्तुत गर्नु भएको थियो ।
बैठकमा अध्यक्षले प्रस्तुत गरको राजनीतिक प्रतिवेदनमा र महासचिव अर्जुनभक्त राईले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरू, सचिवालय सदस्यहरू, प्रदेश अध्यक्ष तथा प्रदेश इन्चार्जहरूले रिपोर्टिङ तथा सुझावसहित आफ्नो धारणा राखेका थिए ।