बुटवलः शहरी विकास मन्त्रालयअन्र्तगत संघीय आयोजना कार्यान्वयन इकाई रुपन्देहीले निर्माण गरेको प्रसुति भवन लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई हस्तान्तरण गरेको छ ।

बुधबार शहरी विकास मन्त्री मेटमणि चौधरी र स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुुङले संयुुक्त रुपमा चार तले सुविधासम्पन्न प्रसुुति भवनको उद्घाटन गर्दै अस्पताललाई हस्तान्तरण गरेका हुन् । प्रसुुतिका लागि भरपर्दो मानिएको लुम्बिनीमा बेड अभाव भएको गुनासो आएपछि १५० शैयाको प्रसुति भवन निर्माण गरिएको हो ।  

शहरी विकास मन्त्रालयअन्तर्गत संघीय आयोजना तथा कार्यान्वयन एकाई रुपन्देहीले २६ करोड ५१ लाख ७५ हजार लागतमा भवन निर्माण गरेको हो । उद्घाटन समरोहमै मन्त्रीद्वयको उपस्थितिमा आयोजना एकाई कार्यालयले लुम्बिनी प्रादेशिक अस्पताललाई भवन हस्तान्तरणसमेत गरेको छ । कार्यक्रममा बोल्दै शहरी विकास मन्त्री मेटमणि चौधरीले प्रसुति भवनले बुुटवल र यसआपासका बिरामीहरुलाई ठूलो राहत पुुग्ने बताए । उनले भवनको अधिकतम उपयोग गर्न अस्पताललाई आग्रह गरे । अस्पतालले बिरामीहरुलाई सहज रुपमा सर्वसुलभ र गुुणस्तरीय सेवा दिनुपर्ने मन्त्री चौधरीले बताए । 

300076322_3173149756234158_400026905983524530_n

कार्यक्रममा स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुुङले मुटुु,मृृगौला तथा क्यान्सरजस्ता रोगका कारण वर्षेनी ५ लाख नेपालीहरु गरिबीको रेखामा पर्ने गरेको तथ्यांक देखिएको बताउँदै अब सरकारी अस्पतालको सेवा गुणस्तरीय बनाउनुुपर्ने बताए । उनले स्वास्थ्य मानव सेवा भएकाले भवन निर्माणले आमा र बच्चाको स्वास्थ्यमा गुुणस्तरीय सेवा दिने विश्वास व्यक्त गरे । मन्त्री खापुुङले सरकार नागरिकको स्वास्थ्यमा संवेदनशील रहेको बताए । 

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका महानिर्देशक सुरेन्द्र मोहन श्रेष्ठ, शहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंह, लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.विकास देवकोटा र रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले प्रसुति भवन निर्माणले लुम्बिनीको सेवालाई गुणस्तरीय बनाउन टेवा पुुग्ने बताए । कार्यक्रममा संघीय आयोजना कार्यान्वयन एकाई रुपन्देहीका प्रमुख रमेश थिङले २०७५ सालमा सम्झौता भएको भवन निर्धारित समयमै सम्पन्न भएको जानकारी दिए ।  

299276878_597407361851319_1775533770143506447_n

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले सुविधासम्पन्न प्रसुति भवन बनेकाले यसले नागरिकलाई राहत पुुग्ने बताए । उनका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालमा वार्षिक १३ हजारले प्रसुुति सेवा लिन्छन् । अपाङ्गमैत्री र लिफ्टको व्यवस्था रहेको भवनमा इर्मेजेन्सी, आईसीयू, एनआईसीयूू, मेजर एण्ड माइनर, ओटी, पोस्ट अपरेसन रुम, मातृशिशुु वार्ड, सम्पूर्ण बच्चाहरुको खोप लगाईने लगायतका कक्षहरु बनाइएको छ ।

299254188_377176411258434_3959723347730397780_n