इटहरीः सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरानका धार्मिक तथा साँस्कृतिक महत्वका सम्पदा संरक्षणका लागि संघीय सरकारसँग बजेट माग गरेका छन् ।
उपमहानगरभित्र रहेका पिण्डेश्वर, दन्तकाली, बुढासुब्बा र पञ्चकन्या मन्दिर संरक्षण अभावमा जिर्ण बन्दै गएको भन्दै उनले सँस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयसँग मर्मतसम्भार तथा संरक्षणका लागि बजेट माग गरेका हुन् ।
आर्थिक वर्ष २०७७ ०७८ मा धरान उपमहानगरपालिकाले एजेन्सीको सहयोगमा तयार गरेको विस्तृत योजना प्रतिवेदन (डीपीआर) अनुसार चार ओटै मन्दिरको जिर्णोद्धार तथा संरक्षणका लागि ६ करोड ३६ लाख ६ हजार ७५ रुपैयाँ ६२ पैसा लाग्ने देखिएकाले सो बराबरको बजेट उपलब्ध गराइदिन मेयर साम्पाङले मन्त्रालयसँग माग गरेका छन् ।