इटहरीः प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट अर्थात् आज मनाइने रथयात्राको शुभकामना दिएका छन् ।
प्रदेश राजधानी विराटनगरमा निकालिने रथयात्रा नेपालमा मात्र नभई एसियामै ठूलो मानिन्छ । यो रथयात्रामा लाखौँ मानिस सहभागी हुने गरेका छन् । मुख्यमन्त्री राईले रथयात्राको सफलताको कामना गर्नुका साथै सबैमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गरेका छन् ।
कोरोना संक्रमणको जोखिमका कारण विगत दुई वर्षसम्म रथयात्रा रोकिएको स्मरण गर्दै मुख्यमन्त्री राईले यस वर्ष पनि कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड पालना गरेर रथयात्रामा सहभागी हुन भक्तजनमा अनुरोधसमेत गरेका छन् ।