धरानः धरानमा ७ पक्षीका परिकार पाउने कालिज रेष्टुरेण्ट सञ्चालनमा आएको छ ।
आइतबार धरान १० स्थित सैनिक चोकमा २ करोडको लगानीमा रेष्ट्रेण्ट सञ्चालनमा आएको हो । रेष्टुरेण्टमा विशेष गरेर कालिजको परिकार पाइनेछ । रेष्टुरेण्ट दाजुभाई विवश र विवेक भट्टराईले सञ्चालनमा ल्याएका हुन् ।
विवशका अनुसार करिब २ करोडको लगानीमा रेष्टुरेण्ट सञ्चालनमा ल्याइएको हो । रेष्टुरेण्टमा कालिज, कडकनाथ, बटाइ, लोकल कुखुरा, हाँसलगायत ७ पक्षीका परिकार पाइनेछ । सञ्चालकद्वयको केराबारी ६ शतिसालेमा आफ्नै कालिज फर्म रहेको छ । रेष्टुरेण्टमा सेमिनार हल पनि सञ्चालन गर्ने विवेकले जानकारी दिए । रेष्टुरेण्टमा खसीका परिकार पनि पाइनेछ ।