इटहरीः इटहरीको प्रिमियर ग्र’पद्वारा सञ्चालित प्रिमियर होटल स्कुल र प्रिमियर ग्लोबल स्कुलको कक्षा ११ का विद्यार्थीहरको अभिमुखीकरण कार्यक्रममा प”र्वप्रधानमन्त्री केपी शर्मा ओलीले एक घण्टा कक्षा दिएका छन् ।
प्रिमियर ग्रुपले आयोजना गरेको कक्षा ११ का विद्यार्थीको अभिम’खीकरण कार्यक्रममा शनिबार सहभागी भएका प”र्वप्रधानमन्त्री ओलीले जीवनोपयोगी शिक्षा र यसको महत्वबारे विद्यार्थीलाई बताएको प्रिमियर ग्रुपका प्रमुख कार्यकारी अधिकृत सुनिल भुसालले जानकारी दिए । केहि दिन अघिदेखि निर्वाचनलक्षित कार्यक्रम लिएर आफ्नो गृहजिल्ला झापा आएका प”र्वप्रधानमन्त्री ओलीले झापाको पाँचतारे होटल किङ्सबेरीमा आयोजित प्रिमियरको अभिम’खीकरण कार्यक्रममा कक्षा दिएका हुन् । भोकेसनल एजुकेसन अर्थात् रोजगारको ग्यारेन्टि भएको तालिम र पढाइसँगै लान सकिने शिक्षा प्रदान गरिरहेको प्रिमियरले आफ्ना विद्यार्थीहरुलाई प”र्वप्रधानमन्त्रीको उपस्थितिमा आफ्नो अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो ।
विद्यार्थीसँगको साक्षात्कार कार्यक्रममा ओलीले इतिहास, दर्शन तथा भौतिक विज्ञानका ज्ञान प्रदान गरेका थिए । यसैगरी, ओलीले महर्षि चाणक्यले ज्ञान प्रदान गरेको समयदेखि लिएर लिएर सर्जरी, औषधि विज्ञानका बारेमा बताउँदै भौतिकशास्त्री न्युटनले ग’रुत्वाकर्षणको सिद्धान्त पत्ता लगाउनुभन्दा ५ सय वर्ष पहिला भास्कराचार्यले सो सिद्धान्त पत्ता लगाइसकेको उल्लेख गरेका थिए । स्याउ रुखबाट तलतिर कसरी झर्छ भनेर सोह्रौ सताव्दीमा न्युटनले पत्ता लगाएको सिद्धान्तभन्दा भास्कराचार्यले ११५० मा लेखेको सिद्धान्तशिरोमणि भन्ने किताबले पृथ्वीको तौल, व्यास, पृथ्वी र चन्द्रमाको द”रीबारेमा समेत नापेको बताउँदै ओलीले हामी खोज र आविष्कार गर्ने पुस्ताको सन्तान भएको जानकारी विद्यार्थीलाई गराएका थिए ।
ओलीले विद्यार्थीलाई विद्यार्थी जीवनमा अध्ययनको महत्व राष्ट्रको भविष्य निर्माणसँग जोडिएको समेत बताए । नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीले विद्याथीसँग एक घण्टा समय बिताएका थिए । होटल म्यानेजमेन्टका विद्यार्थीलाई प्रिमियरले होटल भ्रमण गराउनुका साथै अभिमुखीकरण कार्यक्रममा सहभागी गराएको थियो । सोही अवसरमा काठमाडौँको म्यारियट होटलका लर्निङ डाइरेक्टर रुपेश त्रोष्ण, प्राइड हस्पिटालिटीका प्रमुख नितेश पोखरेल र पाण्डे ग्रुपका डाइरेक्टर कृष्णहरि पाण्डेले हस्पीटालिटि विजनेस व्यवस्थापन र कम्प्युटरको स्कोपको बारेमा विद्यार्थीलाई तालिम दिएका थिए ।
प्रिमियर ग्लोबल स्कुलका कार्यकारी प्रमुख सुनिल भुसालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । विद्यार्थीलाई कलेजमा गएर अध्ययन सुरु गर्नुप”र्व विषयको प”र्वज्ञान र त्यसको महत्वको बारेमा बुझ्नुपर्ने आवश्यता रहेकाले होटल भ्रमण गराइएको थियो । विद्यार्थीलाई पाँचतारे होटलको सम्प”र्ण क्षेत्रको भ्रमणसमेत गराइएको थियो । कार्यक्रममा प्रिमियर होटल स्कुल तथा प्रिमियर ग्लोबल स्कुलका बोर्ड अफ डाइरेक्टरर्स तथा प्रिन्सिपलको समेत उपस्थिति रहेको थियो ।