इटहरीः झुम्का जेसिजले आफ्नो जेसिस सप्ताहको दोस्रो दिन आइतबार तीजको दर खाने कार्यक्रम गरेको छ ।

झुम्का जेसिसका २०२२ का अध्यक्ष द्वारिका घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा रामधुनी नगरपालिकाकी उपमेयर तारा थापाको उपस्थिति रहेको थियो भने विशेष अतिथिको रुपमा रामधुनी नगरपालिकाकी निवर्तमान उपमेयर संविना चौधरीको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा आफ्नो शुभकामना व्यक्त गर्दै निवर्तमान उपमेयर सविना चौधरीले लागुऔषध दुव्र्यसनी लगायतका क्षेत्रमा समेत काम गर्न झुम्का जेसिसलाई सुझाव दिएकी थिइन् ।

301464996_807313870629715_6066652282614974128_n

भड्किलो बन्दै गएका पर्वलाई भावनात्मक बनाउनसमेत उनले आग्रह गरेकी थिइन । यसैगरी प्रमुख अतिथिको रुपमा उपस्थित भएकी उपमेयर तारा थापाले सँस्कृतिको संरक्षणको लागि तीज पर्वलाई भव्य र सभ्य बनाउनुपर्नेमा जोड दिइन् । कार्यक्रममा झुम्का जेसिसका पूर्वअध्यक्ष विकास कार्की र तीजको दर खाने तथा शुभकामना आदानप्रदान कार्यक्रमकी संयोजक सीता थरुनीले तीजको अवसरमा महिला दिदीबहिनीलाई शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा मन्तव्य राख्दै झुम्का जेसिसका अध्यक्ष द्वारिका घिमिरेले सदैव सुझावको आधारमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । घिमिरेले तीजलाई सद्भावको पर्वको रुपमा विकास गर्न र भड्किलो नबनाइनुपर्नेमा जोड दिएका थिए । झुम्का जेसिस वर्ष २०२२ का महासचिव रोशन खड्काले सञ्चालन गरेको कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष गोविन्द आचार्यले स्वागत गरेका थिए ।