-सेमन्त उपाध्याय

जुकालाई खुन चाहिन्छ 

चराचर जगतको 

न घिनाउँछ न छिनाउँछ 

खै कसरी चुस्छ 

न सुत्छ न उठ्छ 

हरबखत चुस्छ 


नो मत्लब

त्यो खुन के ले बन्छ

त्यो खुन के ले उमाल्छ 

त्यो खुन के का लागि बग्छ 

त्यो खुन कस्का लागि जम्छ 

कति मुल्य चुकाउनु पर्छ 


नो मत्लब 

जुकालाई खुन चाहिन्छ

थाहा छ

हिसाब राखेको छ 

त्यो खुन के ले गन्छ 

हेक्का राखेको छ

त्यो खुन के ले गल्छ 

देखेको छ 

त्यो खुन कहा फल्छ

थाहा छ

जुकालाई खुन चाहिन्छ


कस्तो अजिवको चिज

न जुकाको हड्डी हुन्छ

हिँड्छ कसरी

न जुकाको आखा हुन्छ

हेर्छ कसरी 

न जुकाको नाक हुन्छ 

स्वास फेर्छ कसरी 

न जुकाको जिब्रो हुन्छ

स्वाद लिन्छ कसरी

न जुकाको मस्तिष्क हुन्छ

 सम्झन्छ कसरी ?

न जुकाको मुटु हुन्छ 

 धड्कन्छ कसरी ?

कस्तो अजिवको चिज

जुका लाई खुन चाहिन्छ


परनिर्भर्ताको पराकाष्ठ

न त्यसले पसिना र  श्रम बुझ्छ

न परिश्रम बुझ्छ

न त्यसले उत्पादन बुझ्छ

न त्यसले भावना र मर्म बुझ्छ 

न त्यसले सत्य त असत्य छुट्याउँछ

माया र घृणा के बुझोस् 

परनिर्भरताको पराकाष्ठा

त्यो त फगत जुका हो 

त्यसलाई खुन चाहिन्छ 

हर झुपडी कुना र कन्दरा 

चुसिरहन्छ

रक्तपिपासु एकदिन

भुँडी फुटेर मर्छ ।