विराटनगरः नेपाल उद्योग परिसंघ प्रदेश नं १ ले आगामी माघ १९ गतेबाट विराटनगरमा अन्तर्राष्ट्र्रिय कृषि तथा औद्योगिक प्रदर्शनी मेला आयोजना गर्ने भएको छ । 

नेपाल उद्योग परिसंघ प्रदेश नं १ ले विराटनगरमा सोमबार पत्रकार सम्मेलन गर्दै ‘अन्तर्राष्ट्र्रिय कृषि तथा औद्योगिक प्रदर्शनी सिएनआई एक्सपो २०२३ ’ हुने जनाएको हो । ९ दिनसम्म सञ्चालन हुने एक्सपोबाट करोडौँ रुपैयाँको कारोबार हुने आयोजकले बताएका छन् । एक्सपो विराटनगर महानगरपालिका वार्ड नं २ स्थित शंकरपुर मार्गमा आयोजना हुने र प्रदेश नम्बर १ सहित मुलुकका विभिन्न स्थान तथा विदेशमा उत्पादन हुने कृषि तथा औद्योगिक उत्पादनका साथै आधुनिक कृषि औद्योगिक मेसिनरीहरुको प्रदर्शनी तथा बिक्रीसमेत उक्त प्रदर्शनीमा हुने जनाइएको छ ।

प्रदर्शनीबाट राष्ट्रि«य तथा अन्तर्राष्ट्र्रिय नयाँ लगानीकर्ताहरुसमेत आकर्षित हुने विश्वास रहेको र बृहत रुपमा कृषि, उपभोग्य वस्तु, मिलमेसिनरी औजार, अटो र सेवा क्षेत्रकासँग सम्बन्धित उद्योगीहरु र शिक्षा स्वास्थ्य क्षेत्र तथा आर्थिक क्षेत्रका लगानीकर्ताहरु प्रदर्शनीमा रहनेछन् । सेवा प्रदायक र नागरिकको बृहत सहभागिता रहने यस प्रदर्शनीबाट करोडौँको कारोबारसमेत हुने हुँदा यो प्रदर्शनी आर्थिक विकासका लागी महत्वपूर्ण अवसर हुने नेपाल उद्योग परिसंघ प्रदेश नं.१ का अध्यक्ष भीम घिमिरेले बताएका छन् ।  

प्रदर्शनीमा स्वदेशका साथै भारत, चीन, बंगलादेश, पाकिस्तानलगायत अन्य मुलुकहरुबाट समेत प्रदर्शनीमा सहभागी ल्याउने योजना रहेको सिएन आई एक्सपो २०२३ आयोजकको भनाइ छ ।