धरानः धरान उपमहानगरपालिकामा सडक र फुटपाथ खाली गराउने अभियान सुरु भएको छ ।

यसै क्रममा धरान–२ को नरेन्द्रपथमा रहेको फुटपाथ उपमहानगरले खाली गराएको छ । बिहान ६ बजे नगर प्रहरीले फुटपाथमा पसल थाप्न प्रयोग गरिएका सामग्री हटाएको हो ।

भानु चौकदेखि पश्चिम नरेन्द्रपथमा व्यवस्थित सब्जी मण्डी सञ्चालित रहेपनि सडकमा पसल राख्दा आवागमनमा समस्या भएको गुनासोका आधारमा फुटपाथ खाली गराउने अभियान सुरु गरिएको उपमहानगरले जनाएको छ ।

सोही निर्णय अनुसार फुटपाथको पसल हटाउने बारे सूचना जारी गरी माइकिङ गर्दा समेत अटेरी गरेको पाइएकोले आज बिहान ६ बजे नै फुटपाथको पसल राख्ने स्थानहरू हटाएको र उठाएको धरान उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख विष्णु कोइरालाले बताए ।