इटहरीः मोरङको बुढीगंगा गाउँपालिका १, मिल चौकस्थित कोसी प्याकेजिङ कार्टुन फ्याक्ट्रि«मा एक जना मजदुरको करेन्ट लागेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा तेह्रथुमको छथर शुक्रबारे ५ घर भएका २५ वर्षीय आकाश लिम्बू रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । हिजो अपराहन्न ४ः१५ बजे फ्याक्ट्र्रिनजिकै जमेको पानीको खाल्डोमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका लिम्बूको विराट मेडिकल कलेज टिचिङ अस्पतालमा उपचारको क्रममा सोही दिन अपराहन्न ४ः३० बजे मृत्यु भएको हो ।
घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय नेमुवाबाट प्रहरी टोली खटी गई थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।