काठमाडौँः संविधान दिवसको अवसरमा ६ सय ८१ जना कैदीले कैद सजाय माफी पाएका छन् ।

मन्त्रिपरिषद्को शुक्रबारको बैठकले सिफारिस गरेअनुरुप राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुको कैद मिनाहा गर्ने निर्णय गरेकी हुन् । हरेक वर्ष संविधान दिवसको अवसरमा राष्ट्रपति भण्डारीले सजाय माफ गर्ने परम्परा छ । यसका साथै थप २१ जनाको कैद सजाय पनि मिनाहा भएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

3 सजाय माफी_विज्ञप्ति_2079-6-3