लण्डनः बेलायतको सबैभन्दा चर्चित राजसंस्थाकी महारानी एलिजावेथ द्वितीयलाई बिदाइ गरेपछि लाखौंको जीवन ठप्प हुने बेलायती समाचार संस्था बीबीसीले जनाएको छ । उनको राजकीय अन्त्येष्टि लन्डनको वेस्टमिन्स्टर ऐब्बेमा स्थानीय समयअनुसार ११ बजे हुनेछ । 

समारोहमा दुई हजार मानिसको उपस्थितिमा हुनेछ । महारानीको अन्तिम बिदाइका लागि राजधानी लन्डनका सडकमा लाखौं मानिस लाइन लाग्ने अनुमान गरिएको छ । 

अन्त्येष्टि अघि राजा चाल्र्सले उनी र उनको परिवारका लागि जनसमर्थन देख्दा गहिरो प्रभाव परेको बताए । 

महारानीको अन्तिम बिदाईको लागि विदेशी शाही परिवार र विश्वका नेताहरू लन्डन पुगिसकेका छन् । उक्त समारोह टेलिभिजनबाट विश्वव्यापी रूपमा करोडौं मानिसले हेर्ने अपेक्षा गरिएको छ । बेलायतमा आज बैंक, पसल तथा अन्य व्यवसाय र विद्यालयहरू बन्द छन् ।

मृत्यु संस्कारपछि महारानीको कफिनलाई ऐब्बेबाट लन्डनको हाइड पार्क कर्नरमा वेलिंग्टन आर्चमा लगिनेछ । महारानी एलिजावेथको सेप्टेम्बर ९ मा ९६ वर्षको उमेरमा निधन भएको थियो । -बीबीसीबाट