इटहरीः उदयपुरका पत्रकार विदुर कटुवाल सामाजिक सञ्जाल फेसबुकमा आफूले आत्महत्या गर्न लागेको आसयको स्टाटस लेखेर सम्पर्कविहीन भएका छन् ।
काठमाडौँको बुद्धनगरमा भाइसँग बस्दै आएका कटुवाल आज बिहानदेखि डेराबाट गायब भएका हुन् । उनले स्टाटस,‘ डिभोर्सको पेपरमा ल्याप्चे लगाएर कायरता देखाउनुभन्दा मृत्यु नै रोजेँ प्रिय रिता, मिस यु’ भनेर श्रीमतीलाई सम्बोधन गरेका छन् । श्रीमतीलाई पहिलेको कुरा सम्झाउँदै उल्लेख गरेका छन्, ‘प्रिय रिता,तिमीलाई मैले मर्न मन लाग्छ भनेको थिएँ । मर मर भन्थ्यौ । अब मर्छु । बाँच्दिन खुशी हुुनु ।’ आज बिहान ९ः०० बजे कटुवालले स्टाटस पोस्ट गर्नासाथ उनको खोजीका लागि खि प्रहरी वृत्त, नयाँ बानेश्वरमा उजुरी दर्ता भएपछि प्रहरीले खोजी गरिरहेको छ ।
नेपाल पत्रकार महासंघका पदाधिकारीहरुले भने बिहानैदेखि प्रहरी वृत्त, नयाँ बानेश्वरमा धर्ना दिएका छन् । प्रहरीले सिंगापुरमा फेसबुकलाई अलर्ट गराइदिनका लागि पत्र पठाइसकेको जनाएको छ । तर नेपालमा संविधान दिवसको सार्वजनिक बिदाका कारण नेपाल टेलिकमको कार्यालय बन्द हुँदा कल डिटेल हेर्न भने नसकिएको प्रहरीले उल्लेख गरेको छ ।