काठमाडौँः काठमाडौंको गोठाटारमा सोमबार साँझ गोली चल्दा गोली लागेर एक जना घाइते भएका छन् ।
घाइतेलाई उपचारार्थ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए ।
उनका अनुसार घाइतेको अवस्था अहिले यकिन भएको छैन । घटनामा संलग्न व्यक्तिको पहिचानसमेत नभएको जनाउँदै उनले विस्तृत अनुसन्धान सुरु गरिएको जानकारी दिए ।