इटहरीः झापाको शिवसताक्षी नगरपालिकाअन्तर्गत पूर्वपश्चिम राजमार्गमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरी घर भएका ४४ वर्षीय बलराम यादव र सुनसरीको इटहरीकी ३० वर्षीया गीता चौधरी रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । दुर्घटनामा परी अन्य चार जना घाइते भएका छन् । सबै घाइतेहरुको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचार भइरहेको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले जानकारी दिए ।
बा १४ च ९१०८ नम्बरको कार आज अपराहन्न ४ः३० बजे आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो । ६ जना सवार कार तीवअनियन्त्रित भई सडक छेउमा रोपिएको बरको रुखमा ठोक्किएको प्रहरीको भनाइ छ । दुर्घटनाबारे इलाका प्रहरी कार्यालय झिलझिलेबाट विस्तृत अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।