इटहरीः झुट्टा नापी किताब, भुक्तानी बिल र कार्य सम्पन्न प्रतिवेदन स्वीकृत गरी सरकारलाई हानी पु¥याएको दावी सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहिबार(हिजो) खाँदबारी नगरपालिका संखुवासभाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कृष्णकुमार निरौलासहित कर्मचारीमाथि भ्रष्टाचार मुद्दा दायर भएको छ ।  

निरौलासहित तत्कालीन इन्जिनियर सुरज श्रेष्ठ र सव–इन्जिनियर मनोज कुमार चापागाईले आर्थिक वर्ष २०७४÷०७५ मा खाँदबारी नगरपालिका वडा नम्बर ६ स्थित महानन्द चोक हिगुवा हुँदै थलेडाँडा सडक मर्मत कार्यमा परिणामभन्दा बढी परिमाण देखाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले बिहीबार जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । 

उद्देश्यले निर्धारित सर्त र मापदण्ड विपरीतको निर्माण कार्यका निमित्त उपभोक्ता समितिलाई तीन लाख ७४ हजार १२७ रुपियाँ नोक्सान पु¥याएको भन्दै भ्रष्टाचार मुद्दा दायर भएको हो। 

 आयोगले उपभोक्ता समितिका अध्यक्ष भुवननाथ अधिकारी, सचिव गोपालबहादुर थापा मगर र कोषाध्यक्ष मेनुका तामाङ्गले सडक मर्मत कार्यमा वास्तविकभन्दा बढी कार्य गरेको भनी सम्झौता गरेको स्वीकार गरेको शर्त उल्लंघन गरी सरकारी रकमबाट लाभ लिन खोजेको बताएको छ । 

आरोपितहरुमाथि भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम सजायको मागदाबी लिई विशेष अदालतमा आरोपपत्र दायर भएको प्रवक्ता भण्डारीले जानकारी दिएका छन् ।