काठमाडौंः सशस्त्र प्रहरीका सहायक निरिक्षक (असई) सत्यनारायण यादव हत्या प्रकरणमा अतिरिक्त महानिरिक्षक (एआईजी) चन्द्रप्रकाश (सीपी) गौतमको टोली छानबिनका लागि खटिएको छ । 

नम्बर ६ हेडक्वार्टर राजविराजमा दरबन्दी भई बोर्डर आउट पोस्ट (बीओपी) छिन्नमस्तामा कार्यरत यादवको हत्या छानबिनमा गौतमको टोली खटाइएको हेडक्वार्टरले जनाएको छ । 

२० असोजमा नेपाल–भारत सीमाभन्दा ३ किलोमिटर भारततर्फ बिहार राज्यको मधुवनी जिल्लामा उनको शव नग्न अवस्थामा भेटिएको थियो ।  असई यादवको टाउकोमा चोटसमेत देखिएको थियो । 

बीओपीमा कार्यरत सशस्त्रका जवान होमबहादुर खत्रीसमेतको संलग्ना देखिएपछि प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ। सशस्त्र प्रहरी गण नम्बर ६ का गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) प्रदीप खड्कालाई काठमाडौं तानिसकिएको छ ।