बिर्तामोडः  झापा गौरादह नगरपालिका ८ जुरोपानीमा घरायसी विवाद हुदा एक पूर्व सशस्त्र प्रहरीले कन्चटमा गोली हानी आत्महत्या गरेका छन् । 

मंगलबार राती ७ बजेको समयमा झापा गौरादह ८ का ३६ वर्षीय बिरन शाहले विवाद हुँदा आफ्नै दाजुको छोरा १५ वर्षीय हेमराज शाहलाई गोली प्रहार गरी घाईते बनाएका थिए ।

त्यसपछि आफु स्वयंले समेत कन्चटमा चाईनिज पेस्तोलबाट गोली प्रहार गरी हात्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक बसन्त पाठकले बताए ।  घाईते हेमराजको ढाडमा गोली लागेको छ । 

शाहले दाजुका छोरा हेमराजलाई आफ्नै घर अगाडि सानो चाईनिज पेस्तोल प्रहार गरि घाईते गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ । हाल घाईतेको विएण्डसी अस्पतालमा उपचार भईरहेको भएको छ  । 

घटनास्थलबाट कटुवा पेस्तोल एक थान, म्याजजिन दुई थान गोलीका खोका एक थान र १५ राउण्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ । घटनाबारेमा थप अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको गोरखापत्रमा प्रकाशित भएको छ ।