इटहरीः भड्किलो चाडपर्व नबनाउनका लागि जिल्ला स्तरीय चाडबाड लक्षित विशेष सुरक्षा योजना अनुसार सुनसरीमा राति ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न पाइने निर्णय गरिएको छ  ।

तिहारको समयमा राति ९ बजेपछि देउसी भैलो खेल्न नपाइने निर्णय भएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।  ९ बजेपछि खेलेमा कानूनी कार्वाही गर्ने प्रशासनले जनाएको छ ।

प्रतिनिधि र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा राति अबेरसम्म देउसी भैलो लगायतको सांस्कृतिक कार्यक्रमको आयोजना गर्दा झै झगडा हुनसक्ने र तयार गरेर यो निर्णय लागू गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

sunsari_cdo

सुरक्षा योजना अनुसार १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयसँग समन्वय गरेर जिल्लाभर मादक पदार्थ सेवन गरेरसवारी साधन चलाउनेलाई विशेष निगरानी गरिने सूचना मार्फत भनिएको छ  ।

प्रशासनले प्रकाशित भएको सूचनामा भनिएको छ –‘चाडपर्वमा सुरक्षा योजना कडा बनाउन प्रहरी, सशस्त्र प्रहरी र सादा पोसाकका सुरक्षाकर्मी परिचालन गरेर तिहार र छठ पर्वमा सुरक्षामा कडाइ गरिने छ ।’