इटहरीः यस बर्षको छठ पर्वको आज आइतबार साँझ अस्पताउँदो सूर्यलाई अघ्र्य दिई पूजा अर्चना गर्दै शुरु गरिएको छ ।
इटहरीको बुढी खोला, रामधुनीको झुम्का स्थित मोरङ्ग सुनसरी सिंचाई आयोजनाको नहर, पकलीको खोलाका साथै विराटनगरका सिंघीया, केशलिया लगायतका खोलाहरुमा श्रद्धालुको भक्तजनले अस्पताउँदो सूर्यलाई अघ्र्य दिएका छन् । यससँगै श्रदाजु भक्तजनहरुले आफु नजिकैको खोला तथा नहरको किरानामा उच्च सवावटका साथ पुजाआजको तयारी गरेका छन् ।
आस्था र श्रद्धामा आधारित छैठमा आफ्नो मनोकांक्षा पूरा हुने विश्वाससहित शनिबारदेखि व्रत बसेका श्रद्धालुले आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिएकोमा सोमबार विहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि पर्व समापन हुने गर्छ ।
नदि, तलाउ र नहरका किनरामा साजसज्जापूर्वक निर्माण गरिएको पूजास्थलमा पुगेर विधिपूर्वक पूजाआराधना गरि पानीमा बसेर सूर्यलाई अघ्र्य दिई यो पर्व मनाइन्छ ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ ।
लोककथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् ।
फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठपर्व’ मनाउने परम्पराको सुरुवात भएको तथ्य सूर्य पुराणमा उल्लेख छ ।
संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । सूर्यको शक्तिबिना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्य किरणको चिकित्सामाथि कैयौं चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । सूर्यको किरणबाट कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ ।
\साम्व पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरूप रोगमुक्त हुन गएको भन्ने चर्चा छ ।
छठपर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई बर्तालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ ।