इटहरीः साथीहरुसँग छठको रौनक हेर्न जाने क्रममा झापाको दमक नगरपालिका वडा नम्बर १० का १४ बर्षीय दियुस श्रेष्ठको हत्या भएको छ । 

दियुसको छुरा प्रहार गरी हत्यागरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा उर्लाबारी —६ का १७ बर्षीय सरोज बस्नेत, उर्लाबारी—६ का १७ बर्षीय सन्देश खवास, उर्लाबारी— ७ का १६ बर्षीय सपन खत्री, उर्लाबारी—६ का मन्जिल माझी र उर्लाबारी—६ कै १७ बर्षीय विकास तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

हत्यामा संलग्नहरुसँगको प्रारम्भिक अनुसन्धानको क्रममा गतबर्षको छैठमा भएको रिसिबीका कारण हत्या गरिएको खुलेको प्रहरीले बताएको छ । पूर्व रिसिईकीको कारण श्रेष्ठलाई छुरा प्रहार गरी घाइते बनाइएको र उनको उपचारको क्रममा मृत्यु भएको डिएसपी दीपक श्रेष्ठले बताए । ‘गत वर्षको छठ पर्वमा उनीहरु वीच भनाभन भएको रिस रहेछ,,हत्यामा संलग्नलाई उद्धृत गर्दै, मोरङ्ग प्रहरीले बताएको छ । 

आइतबार राती झापा दमक नगरपालिका—१० का १४ वर्षिय दियुस श्रेष्ठलाई मौवा खोलामा छठ पर्वको रौनक हेर्न जानेक्रममा छुरा प्रहार गरि घाईते बनाइएको थियो ।

छुरा प्रहारबाट घाइते भएका श्रेष्ठलाई उर्लाबारीस्थित गोदावरी अस्पताल पु¥याईको थियो । सो अस्पतालमा उपचार हुन नसके पछि विर्तामोड स्थिति वि एण्ड सि अस्पताल रेफर गरिएको श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको थियो ।