काठमाडौंः वर्षा थामियो, गर्मी घट्यो, विस्तारै चिसो बढ्दै छ। घुमघामको यो सिजनमा विदेशी पर्यटकको नेपाल आगमन बढेको छ। चहलपहल बढेसँगै होटलहरुमा विदेशी पाहुनाको भीड देखिन थालेको छ।
पर्यटकको आवागमन बढेसँगै काठमाडौंका पाँचतारे होटलहरु डिसेम्बरसम्मका लागि खचाखच छन्। धमाधम अग्रिम बुकिङ भएसँगै विभिन्न होटलले डिसेम्बरको बुकिङ लिनै कठिन भएको जनाएका छन्। हिमाल आरोहण र पदयात्राका लागि पर्यटक नेपाल आइरहेका छन्।
करिब तीन सयवटा रुम भएको सोल्टी होटलले यतिखेर ५७ प्रतिशत अकुपेन्सी कायम गर्दै आएको उपाध्यक्ष सुदर्शन चापागाईंले बताए। यतिखेर होटलमा युरोपेली र भारतीय पर्यटकको चहलपहल उल्लेख्य रहेको उनले जानकारी दिए।
आउँदो नोभेम्बर र डिसेम्बरका लागि पर्यटकबाट आउने निश्चित अग्रिम बुकिङले उल्लेख्य रहेको उनले बताए।
‘नोभेम्बर र डिसेम्बरका लागि अग्रिम बुकिङ आइरहेको अवस्था छ। टेन्टेटीभ बुकिङभन्दा पनि हामीले कन्फर्म बुकिङ लिँदै आएका छौं। अधिकांश रुमहरुको बुकिङ भइसकेका कारण हामीले इन्क्वाइरी लिन कम गरिसकेका छौं,होटलका उपाध्यक्ष चापागाईँले भने,लास्ट मोमेन्टमा यिल्ड कायमका लागि हामीले रेभेन्यु अप्टिमाइजेसन अनुसार २५ प्रतिशत रुम खाली राख्दै आएका छौं।’
आउँदो दुई महिना पर्यटकका लागि उत्कृष्ट सिजन भएका कारण धमाधम अग्रिम बुकिङ आइरहेको एभरेष्ट होटलले जनाएको छ। कुल १ सय ६० मध्ये ८७ वटा कोठा बिक्री गर्दै आएको होटलमा यो समयका लागि ८० प्रतिशतभन्दा बढी अग्रिम बुकिङ आइसकेको महाप्रबन्धक आशिष चलुले बताए।
‘पहिला अग्रिम बुकिङ तीन महिना अगाडिदेखि आउँथ्यो। अहिले अग्रिम बुकिङ एक साता अगाडि आउन थालेको छ। विदशी पर्यटकबाट होटलको बुकिङ गर्ने शैलीमा परिवर्तन आएको छु’उनले भने। भारत, बंगलादेश, जर्मनी, स्पेन लगायतका मुलुकबाट उल्लेख्यरूपमा सामूहिक बुकिङ आइरहेको उनले जानकारी दिए।
आउँदो नोभेम्बर र डिसेम्बरका लागि विदेशी पर्यटकको माग उल्लेख्य रहेको लाजिम्पाटस्थित होटर्ल याडिसनले जनाएको छ। २ सय ६० कोठा क्षमताको होटलमा यो समयका लागि ९० प्रतिशतभन्दा बढी अग्रिम बुकिङ भइसकेको बजार कार्यकारी अदिती बुढाथोकीले बताइन्।
‘यो पिक सिजन हो। सेप्टेम्बरबाटै विदेशी पर्यटकको चहलपहल बढेको छ। यो सहभागिताले हामी उत्साहित छौं। धेरैजसो अग्रिम बुकिङ युरोपेली, अमेरिकीसँगै इन्डियन टुरिस्टबाट हुँदै आएको छु’ उनले भनिन्।
आउँदो नोभेम्बर र डिसेम्बरका लागि हिमाल आरोहणमा नेपाल आएका पर्यटकबाट अग्रिम बुकिङ आएको ठमेलस्थित अलोफ्ट होटलले जनाएको छ। १ सय ६७ कोठा क्षमताको होटलले पछिल्लो समय ८५ प्रतिशत अकुपेन्सी कायम हुँदै आएको होटलमा नोभेम्बर र डिसेम्बरका लागि ५० प्रतिशत अग्रिम बुकिङ आइसकेको महाप्रबन्धक विक्रम सिंहले बताए।
‘अक्टोबरमा अकुपेन्सी ८५ प्रतिशत भइसकेको छ। धेरैजसो पर्यटकबाट चार रात पाँच दिन बसाईँका लागि बुकिङ आइरहेको छ। आउँदो दुई महिनामा माग अझै वृद्धि हुने देखिएको छु’महाप्रबन्धक सिंहले भने। सामान्यतया अवस्थाको तुलनामा होटल अकुपेन्सी दर ६५ प्रतिशतमा आइसकेको उनले जानकारी दिए। यतिखेर होटलमा भारतीयसँगै अमेरिकी र युरोपेली पर्यटकबाट अग्रिम बुकिङ आइरहेको उनले बताए।
१ सय २५ कोठा क्षमताको मल्ल होटलमा यतिखेर ८० प्रतिशतभन्दा माथी अकुपेन्सी रहेको महाप्रबन्धक केभीन माले बताए। आउँदो नोभेम्बर र डिसेम्बरका लागि होटलमा उल्लेख्य मात्रामा अग्रिम बुकिङ आइरहेको उनले जानकारी दिए।
‘व्यवसायिक हिसाबले हामी प्रि–कोभिडको अवस्थामा पुगिसकेका छैनौं। नोभेम्बर(डिसेम्बरका लागि ७५ प्रतिशत अकुपेन्सी कायम हुने देखिएको छ। अधिकांश पर्यटक युरोपेली छन्’। महाप्रबन्धक माले भने।
५० प्रतिशतभन्दा बढी अकुपेन्सी कायम गरिरहेको होटल याक एण्ड यतीेले आउँदो नोभेम्बर र डिसेम्बरका लागि राम्रै इन्क्वाइरी आइरहेको जनाएको छ। गत वर्षको तुलनामा यो सिजनमा विदेशी पर्यटकको चहलपहल उत्साहजनक रहेको होटलका बजार निर्देशक सागरचन्द्र वान्तवा राईले बताए।
युरोपमा देखिँदै आएको आर्थिक संकटका कारण आउँदो महिनामा युरोपेली पर्यटकको आवागमन आकलन गर्ने अवस्था नरहेको बताउँदै उनले भने, ुयुरोप आफैंमा यतिखेर आर्थिक संकटले गुज्रिन थालेको छ। जसले गर्दा हवाई इन्धन, भाडादर वृद्धि भइसकेको छ। अब आउँदो दिनमा यसको प्रभाव कस्तो हुन्छ भन्न गाह्रै छ। अरु ठाउँका टुरिस्ट आइरहेका छन् । बिजमाण्डुबाट