सुनसरीः सुनसरीको धरान उप–महानगरपालिका ११ स्थितबाट प्रहरीले लागुऔषध सहित १ जना पक्राउ गरेको छ । 

हिजो राती साढे ७ बजे बिशेष सुचनाको आधारमा १ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगर आरआइटी र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले  धरान ११ का ४६ बर्षीय बिरु भुजेललाई लागुऔषध सहित पक्राउ गरेको हो । 

उनको साथबाट स्पासपेन १७१६  ट्याबलेट, ट्रामोल २७७५ क्याप्सुल, स्पास्मो प्रोक्सिभन प्लस ६७५ क्याप्सुल, नाईट्रोसन २७ ट्याबलेट, एक्सकाफ डिएक्स १९ बोतल लागुऔषध तथा नियन्त्रिय औषधी र नगद १ लाख ६ हजार रुपैया सहित उनकै घरबाट पक्राउ गरेको हो । 

पक्राउ परेका भुजेलको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।