प्रकाश
बन्जारा
कन्यामः
प्रदेश १ कै सुन्दर र पर्यटकीय नगरीको
रुपमा विकास भएको इलामको सुर्योदय नगरपालिका वडा नम्बर ७ मा सिसामा
हिँडेर मज्जा लिन सकिने संरचनाको शुक्रबार उद्घाटन गरिएको छ ।
पर्यटकीय
नगरीका रूपमा विकास हुँदै गरेको इलामको सूर्योदय नगरपालिकामा निर्माण गरिएको कन्याम क्लाउड नाम दिइएको स्काई वाकको शुक्रबार समुद्घाटन गरिएको हो ।
सिसामा हिँड्दै मेची पहाडको मनोरम दृश्यको अवलोकन गर्न सकिने स्काई वाकको सूर्योदय नगरपालिकाका प्रमुख (मेयर)रणबहादुर राईले औपरचारिक रूपमा रिवन काटेर उद्घाटन
गरेसंगै स्काइ वाक स्वदेशी तथा विदेशी पर्यटकहरूका लागि खुल्ला गरिएको छ ।
इलाम जिल्लाको कन्याममा चिया बगानसँगै निर्माण गरिएको संरचनालाई महिलाद्धारा सञ्चालित प्रोजेक्टको रुपमा लिइएको निर्माता वन्डरर्स गु्रपले बताएको छ । कन्यामको सुन्दरतालाई नजर गर्न जाने जो कोहीलाई कन्यामको क्लाउड अर्थात बादलसँग लुकामारी खेल्न र मनोरम दृश्यसँगै पर्वतीय आनन्द लिनको लागि वन्डर्स गु्रपले प्रदेश १ मै पहिलो संरचनाको शुक्रबार शुरुवात गरेको हो ।
समुद्घाटन
कार्यक्रममा टिकटक स्टार देखि लिएर चर्चित नायिका बर्षा राउत र चर्चित गायिका
एलिना चौहानको लगायत टिकटक स्टारहरूको पनि उपस्थिती रहेको थियो ।
समुद्घाट
कार्यक्रममा सुर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले यस क्षेत्रमा स्काइ
वाकको निर्माण संगै स्वदेशी तथा विदेशी पर्यटकहरू आकर्षित हुने र पर्यटकीय नगरी
रहेका कारण यस क्षेत्रको पर्यटन
प्रर्बधनका निमित्त नगरपालिकाले बिभिन्न बहु उपयोगी योजनाहरू ल्याएको बताए ।
महिलाहरूको
लगानी रहेको स्काइ वाकलाइ कन्याम क्लाउड प्रालिले निर्माण गरेको हो । निजी
क्षेत्रबाट लगानी भएको यस पर्यटकीय केन्द्रमा
पर्यटकको घुइँचो लाग्न थालेको छ । सिसामाथि
हिँड्न पाइने भएकाले यसलाई स्काई वाक (आकाशको हिँडाइ) भनिएको निर्माता वन्डर्स गु्रप अन्तर्गतकी एक लगानीकर्ता रिता
भुषालले जानकारी दिइन् ।
मुनि हेर्दा पर्यटकीय कन्यामको हरियाली एवं चियाबारी सिँढी चढ्दै गएपछि सिरानको तलामा चार मिटर चौडा र सात मिटर लम्बाइ भएको सिसा साथै निर्माण सम्पन्न भएपश्चात त्यहाँ चर्किने प्रकारको डिजिटल सिसा समेत आउने कन्याम क्लाउड प्रालिको भनाई छ ।
शुक्रबार
भएको स्काईवाकको समुद्घाटन कार्यक्रममा वन्डर्स ग्रुपका सिइओ सोहन श्रेष्ठ, इन्जिनियर साथै अन्य विभिन्न पदाधिकारी, सुयोदयन गरपालिकाका मेयर रण बहादुर राई,
वडा अध्यक्षहरु साथै अन्य बिभिन्न लव्ध प्रतिष्ठित व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
कन्याम क्लाउड महिलाहरुद्धारा निर्मित प्रोजेक्ट रहेको निर्माताले बताएको छ । प्रोजेक्टमा वन्डर्स गु्रपका १४ जना महिलाहरुले लगानी गरेका छन् । उद्घाटन कार्यक्रमको अध्यक्षता कन्याम क्लाउड प्रालिकी संचालिका रिता भुषालले गरेकी थिइन् ।