विराटनगरः प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले सरकारले शान्तिपूर्ण ढङ्गले निर्वाचन सम्पन्न गर्ने बताएका छन् । शनिवार विराटनगरमा गृह मन्त्रालय तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले संयुक्त रूपमा आयोजना गरेको प्रदेशस्तरीय सुरक्षा गोष्ठीले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्र कार्कीले यस्तो बताएका हुन् ।

निर्वाचनमा हुनसक्ने सम्पूर्ण जोखिम तथा चुनौतीहरूलाई अध्ययन गरेर भयरहित वातावरणमा निर्वाचन गराउन प्रशासनलाई निर्देशन दिएका छन् ।

photo 3 (2)

आवधिक निर्वाचनले लोकतन्त्रलाई विजयी गराउने बताउने बताउँदै मन्त्री कार्कीले योजना र कार्यदिशाका साथ निर्वाचन सम्पन्न गर्ने बताए । प्रदेशले निर्वाचन सम्पन्न गर्नका १४ जिल्लाकै निर्वाचन कार्यालयमा सुरक्षाका लागि आवश्यक साधन श्रोतको उपलब्ध गराउन निर्देशन दिएको बताए । 

निर्वाचनमा सूचनाको संयन्त्र प्रभावकारी बनाउन निर्देशन दिँदै मन्त्री कार्कीले निर्णयका कुराहरू एकरूपताका साथ कार्यान्वयन गर्न निर्देशन दिए । कार्यक्रममा १४ जिल्लाकै सुरक्षाका अधिकारीहरूले जिल्लाको स्थितिका बारेमा प्रस्तुति दिएका थिए ।