इटहरीः  सुनसरी जिल्ला प्रशासन कार्यालयले आज कार्तिक २१ गतेदेखि लागु हुने गरी मंसिर ४ गते रातको १२ बजेसम्म मदिरा बिक्रि वितरण तथा सेवनमा रोक लगाएको छ । 

निर्वाचन कार्यतालिका अनुसार नै जिल्लाभर मादक पदार्थ बिक्रि वितरण तथा सेवनमा निर्वाचनको दिन रातको १२ बजेसम्म प्रतिवन्ध लगाएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । 

निर्वाचनलाई प्रभावित पार्ने गरी मादक पदार्थको प्रयोग हुने भयले निर्वाचन कार्यतालिका अनुसार नै बिक्रि वितरण र सेवनका रोक लगाइएको यादवको भनाई थियो । 

रेवती रमण राई

निर्वाचनका लागि खटिएको सुरक्षा निकायको टोलीले सुक्ष्म अनुगमन र निरिक्षण गर्ने तर लाइसेन्स लिएरै मदिरा व्यवसाय गरिरहेका व्यपारीहरुले पसल बन्द भने गर्न नपर्ने प्रशासनको भनाई छ । 

निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका २०७९ को दफा ६ थ मा भएको व्यवस्था बमोजिम जिल्ला सुरक्षा समितिको बैठकले निर्णय गरेर कार्तिक २१ गतेदेखि निर्वाचनको नतिजा घोषणा भएसम्मका लागि मदिराको विक्रि वितरण तथा ओसार पसारमा प्रतिवन्ध गरिएको जिल्ला प्रशासन कार्यलय सुनसरीले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । 

निर्वाचनलाई शान्तिपुर्ण ढंगले समापन गर्न सबै लाई जिल्ला प्रशासनले अनुरोध समेत गरेको छ ।