प्रकाश बन्जारा

 इटहरीः आसन्न मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरी जिल्लामा पाँच हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन हुने भएका छन् । 

जिल्ला प्रशासन कार्यलय सुनसरीले दिएको जानकारी अनुसार निर्वाचनको दिन म्यादी प्रहरी, नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाल आर्मीको टोलीने निर्वाचनको सुरक्षा दिने भएको छ भने ठाउँ ठाउँमा राष्ट्रिय अनुसन्धान बिभागको टोली समेत खटिने भएको छ । नेपाल प्रहरी , म्यादी प्रहरी, सशस्त्र प्रहरी पछि अन्तिम घेरामा नेपाली सेनाले सुरक्षा दिने पक्का भएको हो । 

सोमबार जिल्ला प्रशासन कार्यलय सुनसरीले सुरक्षा निकायका प्रमुख र सञ्चारकर्मी बिचमा अन्तक्रिया कार्यक्रम समेत गरेको छ । 

कार्यक्रममा निर्वाचनको सुरक्षा योजनाबारे जानकारी दिँदै प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले निर्वाचनको लागि सुनसरी जिल्लामा १ हजार ५ सय ८१ जना नेपाल प्रहरी, २ हजार ४ सय ९५ जना म्यादि प्रहरी, ७३९ जना सशस्त्र प्रहरी र ४ सय ४० जना नेपाली सेना परिचालन हुने जानकारी दिए । यादवका अनुसार १९ जना राष्ट्रिय अनुसन्धान बिभागका सुरक्षाकर्मी समेत निर्वाचनका लागि परिचालित हुनेछन् । 

रेवती रमण राई

सुनसरी जिल्लाभर १ सय ६६ मतदान स्थलमा ५ सय ९१ वटा निर्वाचन केन्द्र रहने र २ वटा अस्थायी मतदान स्थल थप हुने बताइएको छ । अस्थायी मतदान केन्द्रमा नेपाल सरकारका कर्मचारीले समानुपातिक मतदान गर्न पाउने छन् । 

हालसम्म जिल्लाको शान्ति सुरक्षाको अवस्था सामान्य भएको बताउँदै प्रमुख जिल्ला अधिकारी यादवले केही निर्वाचन विरोधी तत्व भएपनि सुनसरीमा उनिहरुको प्रभाव न्युन रहेकाले निर्वाचनमा समस्या नहुने बताए । 

उनले कार्तिक ३ गतेसम्म सबै मतदान केन्द्रमा मतपत्र ढुवानी भइसक्ने बताउँदै निर्वाचनलाई लक्षित गर्दै मंसिर १ गतेदेखि मंसिर ४ गते राती १२ बजेसम्म भारतीय बोर्डरहरु शिल गरिने समेत बताए ।