इटहरीः अनुमति लिएर हात हतियार लिएका सुनसरी जिल्लाका ४८८ मध्ये २५ जनाले निर्वाचन अवधिभरका लागि आफ्नो हतियार जिल्ला प्रशासन कार्यलयलाई बुझाएका छन् । 

जिल्ला प्रशासन कार्यलय सुनसरीको रेकर्ड अनुसार हालसम्म ४ सय ८८ जनाले हतियारको अनुमति लिएका छन् । निर्वाचनको मिति तोकिएपछि जिल्ला प्रकाशनले आफ्नो हतियार निर्वाचन अवधिभरका लागि प्रशासनमा बुझाउन सुचना जारी गरेको थियो तर हालसम्म २५ जनाले मात्रै जिल्ला प्रशासनमा हतियार बुझाएको जिल्ला प्रहरी कार्यलय सुनसरी एसपी प्रभु प्रसाद ढकालले बताए । 

रेवती रमण राई

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार कतिपय अनुमति लिएका हतियारहरु द्धन्द्धकालमै प्रशासनलाई बुझाएको निस्सा भएका व्यक्तिहरु सम्पर्कमा आएपनि उनिहरुको हतियार भने पाइएको छैन । ‘कतिपय खिया लागेर खराव पनि भइसकेहोला कतिपयले द्धन्द्धकालमै हतियार बुझाएको स्लिप समेत लिनुभएको छ तर हामीसँग पनि त्यो हतियार भेटिएको छैन । ’प्रमुख जिल्ला अधिकारी यादवले सञ्चारकर्मीहरुसँग भने । 

निर्वाचनको मिति नजिकिदै गएपछि पनी हतियारहरु सबै प्रशासनमा आइनसकेको कारण हालसम्म नबुझाइएका हतियार अनुमति प्राप्त व्यक्तिसँगै भएपनि अहिलेको अवस्थामा भने त्या गैह्र कानुनी ठहरिने प्रशासनले बताएको छ । 

हालसम्म नबुझाइएका हतियारहरु समेत प्रशासनमा ल्याउने पहल भने भइरहेको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रमुख एसपी प्रभु ढकाल बताउँछन् ।