धरानः सुनसरी क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवार क्याप्टेन कुलबहादुर लिम्बुले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । मंगलबार उनले प्रतिबद्धता पत्र सार्वजनिक गर्दै विकास र समृद्धिका लागि एयरपोर्ट अनिवार्य भएको बताए ।

उनको सार्वजनिक पत्रमा भ्रष्टचारीलाई मृत्युदण्ड दिनेपर्ने मुख्य मुद्दा राखेका छन् । क्याप्टेन कुलबहादुर लिम्बुले पाइलट क्यानडा अध्ययन गरे । अध्ययनपश्चात नेपाल वायु सेव निगमबाट व्यवसायिक पाइलट सेवा दिन सुरु गरी १५ वर्षपछि वरिष्ठ पाईलट बनेका कप्तान लिम्बु निगमका महाप्रबन्धकसम्म हुन सफल भए ।

Artboard 1 copy 2


महानिर्देशक भएर डेढ वर्षअघि अवकाश पाएका क्याप्टेन लिम्बु प्रतिनिधिसभा सदस्यका लागि चुनावी प्रतिस्पर्धा छन् । आफू महाप्रबन्धक हुँदा नेपालमा कति भ्रष्टचार हुन्छ भन्ने जानकारी पाएको बताए । क्याप्टेन लिम्बु भन्छन्, ‘नेपाल पछि पर्नुको एउटै कारण भ्रष्टाचार हो । भ्रष्टचार नियन्त्रण गरे विकास हुन्छ । त्यसैले मेरो मुख्य एजेण्डा भ्रष्टचारीलाई मृत्युदण्ड हो ।’

उनी भ्रष्टचार उन्मुलन गर्न सके स्वरोजगार बनाउन सकिने बताउँछनु । उनले फरक सन्दर्भमा विकास लागि  एयरपोर्टले महत्वपुर्ण भूमिका खेल्ने बताए । धरानका पूर्व मेयर तथा सुनसरी क्षेत्र नं. १ बाट प्रतिनिधिसभाको प्रत्यासी रहेका मनोज कुमार मेयाङ्बोले धरानमा एयरपोर्ट नबन्ने बताइ रहँदा क्याप्टेन लिम्बुले धरानको दिर्घकालिन समृद्धिका लागि एयरपोर्ट अनिवार्य रहेको बताए । ५० वर्षपछिको धरान कस्तो हुन्छ भनि समृद्धिको परिकल्पना गर्ने कसैले पनि एयरपोर्ट बिनाको धरान कल्पना गर्न नसक्ने बताए ।

314917539_1906222599571251_617408630579300936_n

‘पर्यटन क्षेत्रको विकासका लागि पनि एयरपोर्ट अनिवार्य छ ।’ उनले भने ‘धरानमा एयरपोर्ट बनाउनु पर्छ, यो समयको माग पनि हो ।’ उनका अनुसार अहिले भारतिय सिमाना नजिक रहेका नेपाली एयरपोर्टहरु कालान्तरमा अन्तर्राष्ट्रिय उडाका लागि अवैज्ञानिक, अव्यवहारिक साबित हुनेछन् । उनले भने ‘विराटनगरको एयरपोटबाट हिजोआजनै हुस्सु लागेको बेला जहाज उडान र अवतरणमा कठिनाई आउने गरेको छ ।’ भ्रष्टाचार निर्मुल गर्न सबै भन्दा पहिले श्रोत नखुलेको सम्पति छानबिन गरि राष्ट्रियकरण गरिनुपर्ने उनको चुनावी घोषणापत्रमा उल्लेख छ ।

सांसदहरु मन्त्री प्रधानमन्त्र बन्न नपाउने र १० देखी १५ जना भन्दा बढीको मन्त्री मण्डलमा विज्ञहरुलाई सामेल गर्नुपर्ने नीति लागु गराउने प्रतिबद्धता पत्रमा उल्लेख छ । स्थानीय चुनाव देखी अहिले आएको स्वतन्त्र उम्मेदवारीको लहर राजनीतिक दलहरुको गलत नीति, गैरजिम्मेवार भ्रष्ट परिपाटीलाई सुधार गर्नका लागि चलेको बताउँदै उनले भने ‘संसदमा पुगेर दलहरुलाई दवाव दिनका लागि स्वतन्त्र उम्मेदवारका रुपमा उठको विज्ञहरुहरु देशको नीति, ऐन कानुन बुझेका व्यक्तिहरुलाइ यो चुनावमा जिताउन जरुरी छ ।’ यस्तै, अदालती प्रहरी व्यवस्था गर्न, समानुपातिक सिटमा भ्रष्ट व्यापारीहरु मात्र सांसद हुने व्यवस्था अन्त्य गर्र्ने प्रतिबद्धता गरेका छन् ।स्वास्थ्य, शिक्षा, विजुली, पानी र भूमिहीनलाई आवास निशुल्क गर्ने प्रतिबद्धता जनाएका छन् । सांसदले पाउने अतिआवश्यक सुविधाबाहेक सबै खारेज गर्ने प्रतिबद्धता जनाएका छन् ।