इटहरीः आइतबारबाट कतारको दोहामा जारी विश्वकप फुटवल प्रतियोगिता अन्तर्गत आज सोमबार सेनेगल र नेदरल्याण्ड विच प्रतिस्पर्धा हुने तालिका छ । 

सन् २०१८ मा भएको विश्वकपमा क्वालिफायर हुन बाट बन्चित भएको नेदरल्याण्ड यसपाली निकै माथिसम्म पुग्ने विश्वास लिइएको छ । तीन पठक पाइनल राउण्डमा पुगेर पनि उपाधि पाउन नसकेको नेदरल्याण्डलाई विश्वकपको उत्कृष्ट टिमको रुपमा नै लिने गरीएको छ । 

नेदरल्याण्ड फुटवल टिमको म्यानेजरको रुपमा लुइस भान गाल नियुक्त भएपछि यो टिम निकै शसक्त रुपमा अघि बढेको छ । 

315900531_450585840584969_6797887129602726647_n

कतारको अल थुमामा रंगशालामा हुने आजको खेलमा नेदरल्याण्डसँग प्रतिस्पर्धामा सेनेगल रहेको छ । क्यामरोनमा भएको अफ्रिका नेशनल कपको उपाधि यसै बर्ष जितेको सेनेगलले पनि आजको खेल जित्ने विश्वासका साथ मैदानमा जाँदै छ । 

सेनेगल र नेदरल्याण्ड बिचको खेल आज नेपाली समय अनुसार रातको ९.४५ बजेबाट शुरु हुने फिफाले जनाएको छ ।