इटहरीः आइतबार देखि कतारमा शुरु भएको विश्वकप फुटवल प्रतियोगितामा सोमबारको पहिलो खेल इङ्गल्याण्ड र इरान विच हुने भएको छ । 

विश्वकपको महाभिडन्तमा यी दुई राष्ट्र पहिलो चोटी प्रतिस्पर्धामा आउन लागेका हुन । 

युरोपियन राष्ट्र इंग्ल्यान्डले मध्ये पूर्वी राष्ट्र इरानसँग कतारको  खालिफा इन्टरनेसनल स्टेडियममा प्रतिस्पर्धा गर्नेछ । समूह ’बी’ मा रहेको इंग्ल्यान्ड र इरानबीचको खेल नेपाली समय अनुसार साँझ ६ः४५ बजे सुरु हुनेछ ।

युरोकप उपविजेता इंग्ल्यान्ड युरोपको बलियो टिमको रुपमा चिनिन्छ भने मध्ये पुर्वको राष्ट्र इरान विश्वकपको महा भिडन्तमा छैठौ चोटी प्रतिस्पर्धा गर्दैछ । 

इरान र इंग्ल्यान्ड कतार विश्वकपमा समेत उत्कृष्ट नतिजा र प्रदर्शनलाई कायम राख्न चाहन्छन् । 

इरानको यो छैटौं विश्वकप सहभागिता हो । लगातार तेस्रो पटक इरानले विश्वकप खेलिरहेको छ । त्यसैले इरान इंग्ल्यान्डलाई कडा चुनौती दिन तयार देखिएको छ । 

इंग्ल्यान्ड र इरानबीच यो पहिलो प्रतिस्पर्धा हो । यस अघि दुबै टोलीले एकअर्काविरुद्ध खेलेका छैनन् । दुबैले एक अर्काविरुद्ध आफ्नो पहिलो खेल विश्वकपमा खेल्न लागेका हुन् ।