इटहरीः कतारमा जारी फिफा विश्वकप फुटबलमा साउदी अरवले अजेन्टिनालाई लगातार २ गोल गरेपछि अजेन्टिना दवावमा परेको छ । 

लुसाइल स्टेडियममा जारी खेलको दोस्रो हाफमा अर्जेन्टिनाविरुद्ध साउदीले लगातार दुई गोल गरेको हो 

कप्तान लियोनल मेस्सीले १० औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

साउदीका साउद अब्दुलहामिदले अर्जेन्टिनाका लिन्ड्रो पारेडेसलाई पेनाल्टी क्षेत्रभित्र फउल गरेपछि भीएआरको सहायताले रेफ्रीले अर्जेन्टिनालाई पेनाल्टी दिएको हो। 

तर, खेलको ४९ औं मिनेटमा सलेह अल शेहरीले गोल गर्दै साउदीलाई १–१ गोलको बराबरीमा ल्याए ।

खेलको ५३ औं मिनेटमा सलिम अल्दावसरीले गोल गर्दै साउदीलाई २–१ को अग्रता दिलाएका छन् ।