इटहरीः कतार विश्वकप २०२२ मा आज बुधबार चार खेल हुँदैछन् । २०१८ मा रसियामा भएको विश्वकपमा उपविजेता बनेको क्रोसिया र मोरक्कोको खेल पहिलो खेल तालिकामा समेटिएको छ । समुह ‘इ’ र ‘एफ’का दुई दुई वटा खेलको तालिका अनुसार पहिलो खेल समुह एफमा रहेको मोरक्को र क्रोसियाबिच हुने भएको छ जुन खेल नेपाली समयअनुसार ३.४५ बजे हुने छ । 

यस्तै दोस्रो खेलमा उपाधि दावेदार मानिएको जर्मनी र जापानका बिच हुने भएको छ । यी दुवै टिम समुह इ मा छन् । जर्मनी र जापान बिचको खेल नेपाली समय अनुसार साँझको ६.४५ बजे हुने छ । 

315087750_661917892223220_2498894388968224389_n

विश्वकप अन्तर्गत नै बुधबार हुने तेस्रो खेलमा स्पेन र कोस्टारिकाबीच प्रतिस्पर्धा हुनेछ । उपाधि दाबेदार स्पेन र कोस्टारिकाबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ ।

त्यस्तै बुधबार हुने चौंथो खेलमा बेल्जियमले क्यानडाको सामना गर्नेछ । समूह ‘एफ’मा रहेको बेल्जियम र क्यानडाबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेको यस विश्वकपमा कुल ६४ खेल हुनेछ ।