इटहरीः ५ पटकको विश्वकप विजेता ब्राजिल फिफा विश्वकप फुटबलको कतारमा आज सर्वियासँग प्रतिस्पर्धा गर्ने भएको छ । 

फिफा विश्वकपमा लामो विरासत बोकेको ब्राजिलले कतार विश्वकपमा आज पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो । २००२ पछि विश्वकपको उपाधि जित्न नसकेको ब्राजिल बिहिबार राती नेपाली समय अनुसार १२.४५ बजे सर्वियासँग भिड्दै छ ।  

कतारको  लुसाइल स्टेडियममा हुन लागेको खेलमा ब्राजिलका लागि नेमार जेआर चर्चित खेलाडीलाई आफ्नो टिममा समावेश गरेको छ । 

कतार विश्वकपको उपाधि दाबेदारको रुपमा हेरिएको ब्राजिलले कस्तो प्रतिस्पर्धा गर्ने हो त्यो भने हेर्न बाँकी नै छ ।  

यता, सर्बिया पहिलो खेलम जित निकालेर ३ अंक बटुल्न चाहेपनि ५ पटकको विश्वकप बिजेता टिमलाई हराएर जित निकाल्नु सहज भने छैन ।  

यस अघि ब्राजिल र सर्वियाले २ वटा प्रतिस्पर्धा गरेका छन् । ती दुवै खेलमा ब्राजिलले जित हासिल गरेको इतिहाँस छ । सन् २०१४ मा भएको मैत्रीपूर्ण खेलमा ब्राजिलले सर्बियालाई १–० ले हराएको थियो । यस्तै २०१८ मा भएको रुस विश्वकपमा ब्राजिलले सर्बियालाई २–० ले हराएको थियो ।