इटहरीः अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप प्रतियोगिताको राउण्ड अफ १६ मा प्रवेश गरेको छ ।

दोहाको स्टेडिय ९७४  बुधबार राति भएको खेलमा  पोल्याण्डलाई २–० गोल अन्तरले हराउँदै अर्जेन्टिना टप १६ मा प्रवेश गरेको हो । अवको खेलमा जित हासिल नगरे प्रतियोगिताबाट बाहिरिनेछ भने बुधबारको खेलमा जित हासिल नगरेको भएपनि प्रतियोगिताबाट बाहिरिने खतरा थियो ।    

बुधबार अर्जेन्टिनाको जितमा एलेक्सिस म्याक एलिस्टर र जुलियन अल्भारेजले एक एक गोल गरे ।

खेलको ३९ औं मिनेटमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी पेनाल्टीमा गोल गर्न चुकेका थिए । उनको प्रहार पोलिस गोलकिपर उत्कृष्ट बचाए । पेनाल्टी चुकेपनि  ४६ औं मिनेटमा एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई चुक्न दिएनन् ।

316697901_1359418104864778_8516456994482357414_n

त्यसपछि खेलको ६७ औं मिनेटमा अर्जेन्टिनाको लागि अल्भारेजले गोल गर्दै अजेंतिनालाई २–० गोलको अन्तर बनाएका थिए । 

 खेलमा पोल्याण्डले दवावमुलक प्रस्तुती दिएको भएता पनि गोल भने गर्न सकेन । यद्यपि पोल्याण्ड पनि समूह उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ । बुधबारको जितसँगै अर्जेन्टिना समूह ’सी’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो ।