इटहरीः कतारमा जारी फिफा विश्वकप फुटवल प्रतियोगिताको बिहिबारको खेलबाट एसियन टिम जापान फिफा विश्वकप २०२२ को अन्तिम १६ मा प्रवेश गरेको छ । 

दुई विश्व विजेतालाई हराउँदै एसियन टिम जापानले टप १६ मा स्थान बनाएको हो । 

समूह ‘ई’ को आफ्नो अन्तिम खेलमा स्पेनलाई २–१ गोलले हराउन सफल भयो ।  

जापानका लागि ४८ मिनेटमा डोआन र ५१ मिनेटमा तानाकाले गोल गरेका थिए। अन्तिम खेलमा जापानले एक गोलले पछि पारेको अवस्था उल्टाएको थियो। स्पेनले खेलको एघारौं मिनेटमा मोराटाको गोलबाट अग्रता लिएको थियो।

यसअघि जापानले पहिलो खेलमा जर्मनीलाई पनि २–१ ले हराएको थियो। जापान अन्तिम १६ मा पुगेसँगै जर्मनी भने विश्वकपको प्रतियोगिताबाट  बाहिरिएको छ ।