इटहरीः कतार विश्वकपमा आज शुक्रबार उपाधि दावेदार पोर्चुगल र ब्राजिल सहित  ४ खेलहरु हुँदैछन् ।  

४ बर्ष पछिको फुटवल महाकुम्भमा  शुक्रबार समूह ’एच’ र समूह ’जी’ को दुई दुई खेलहरु हुनेछन् ।

नेपाली समय अनुसार साँझ ८.४५ बजे शुरु हुने खेलमा  दक्षिण कोरिया र पोर्चुगल तथा घाना र उरुग्वेबीच प्रतिस्पर्धा हुनेछ । 

टप १६ मा पुगिसकेको  पोर्चुगल दक्षिण कोरियासँग भिड्दैछ भने नकआउट चरणमा स्थान बनाईसकेको छ ।  भने घानाले अहिले सम्म १ खेल जितेको छ । 

यस्तै समूह ’जी’ अन्तर्गत सर्बिया र स्विट्जरल्यान्ड तथा क्यामरुन र ब्राजिलबीच प्रतिस्पर्धा हुनेछ । यस समूहको दुबै खेल राति १२ः४५ बजे सुरु हुनेछ ।

ब्राजिलले नकआउट चरणमा स्थान पक्का गरिसकेको छ । ब्राजिलका खेलाडी नेमार जेआर भने आजको खेलमा सहभागि हुने छैनन् । पहिलो खेलमै खुटामा चोट बोकेका नेमारलाई २ खेल नखेल्न सल्लाह मिलेको छ । 

स्विट्जरल्यान्ड एक खेले जितेको छ । आजको खेलमा पहिले प्रतिस्पर्धा गरेका टिम बाहिरिए तीन वटै तीनै टोलीको नकआउट चरणमा पुग्ने सम्भावना रहेको छ ।