धरानः धरान कुटपिटपछि मृत्यु भएकी एकल महिला उषा राईलाई न्यायको माग गर्दै महिलाहरूले प्रदर्शन गरेका छन् ।
धरान १३ की ५५ बर्षीया उर्मिला राई नेतृत्वमा कार्तिक ३ गते उषालाई कुटपिट गरेका थिए । कुटपिटबाट घाइते उषाको मंसिर १३ गते भएको थियो । मृत्यु भएको ३ दिनसम्म पनि घट्ना संलग्न आरोपितहरूलाई प्रहरी पक्राउ नगरेको भन्दै महिलाहरू बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरी विभाग र इलाका प्रहरी कार्यालय धरान अघि प्रदर्शन गरेका हुन् । उनीहरुले आरोपित सबैलाई पक्राउ गर्न माग गरेका छन् ।
प्रहरीले मुख्य आरोपी उर्मिला राईलाई भने बिहीबार नै पक्राउ गरेको छ । महिलाहरूले उर्मिलाका पति गोविन्द राईसहित कुटपिटमा सम्लग्न सबैलाई पक्राउ गरिनुपर्ने माग राखेका छन् । आमा समूहकी पूर्व अध्यक्षसमेत कुटपिटमा संलग्न भएकाले आमा समूहको बदनाम भएको जनजागृति आमा समूहकी अध्यक्ष निर्मला तिम्सिनाले बताइन् ।
आन्दोलनरत महिलाहरुले आमा समूहलाई खारेज गर्नुपर्ने माग राखेका छन् । कात्तिक ३ गते महिलाहरुको एक समूहले कुटपिट गरेको थियो । कुटपिटपछि घाइते उनलाई तत्काल बिपी प्रतिष्ठान धरानको सघन कक्षमा उपचारका लागि पु¥याइएको थियो ।उपचारपछि डिस्चार्ज गरिएको उषाको स्वास्थ्य अवस्था मंसिर ६ गते पुनः बिग्रिएको थियो । अस्वस्थ भई अस्पताल भर्ना भएकी उषाको हप्तादिनपछि मृत्यु भएको थियो ।
अहिले उनको शव बिपी प्रतिष्ठानको मर्चरीमा राखिएको छ । आरोपी पक्राउ नगरी पोस्टमार्टम नगर्ने परिवारले अडान लिंदै आएका छन् । यता प्रहरीले आरोपीको खोजी भइरहेको जनाएको छ ।