इटहरीः कतारमा जारी फिफा विश्वकप फुटवल महाकुम्भका उपाधि दाबेदार अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शनिवार कतारको अहमेद बिन अलि स्टेडियममा भएको खेलमा  अष्ट्रेलियालाई २–१ गोल अन्तरले हराउँदै अर्जेन्टिना अन्तिम आठमा पुगेको हो ।

अर्जेन्टिनाको लागि कप्तान लियोनल मेस्सी र जुलियन अल्भारेजले एक एक गोल  अन्तिम आठमा पुर्याउने अस्त्रको रुपमा प्रयोग भयो ।  

खेलको ३५ औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए । भने खेलको ५७ औं मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई २–० को अग्रता दिलाए ।

त्यसपछि खेलको ७७ औं मिनेटमा अजेन्टिनाकै इन्जो फर्नान्डेजले आत्मघाती गोल गरेपनि अर्जेन्टिना २–१ ले विजयी भयो । 

जितसँगै अर्जेन्टिना कतार विश्वकपको क्वाटरफाइनलमा पुगेको छ भने क्वाटर फाइनलमा नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्ने भएको छ । नेदरल्याण्ड  क्वाटरफाइनलमा पुगिसकेको छ ।