धरानः धरान १३ की एकल महिला उषा राई मृत्यु् घट्नामा संलग्न थप १ जनालाई प्रहरी पक्राउ गरेको छ । किटानी जाहेरीमा नाम उल्लेख भएका अव ३ जना मात्रै फरार रहेका छन् । 

इलाका प्रहरी कार्यालय धरानका अनुसार घट्नामा संलग्न रत्ना लिम्बुलाई पक्राउ गरेको हो । उषा मृत्यु घट्नाकी मुख्य आरोपी उर्मिला राईलाई भने प्रहरीले मङ्सिर १५ गते नै पक्राउ गरेको थियो भने अन्य २ जना सुसेली राई र सुमित्रा राईलाई १६ गते पक्राउ गरेको थियो । 

इलाका प्रहरी कार्यालय धरान डीएसपी बुद्ध श्रेष्ठले उनीहरू ४ जनालाई नै म्याद थप गरी अनुसन्धान गरिहरहेको बताए । उनले भने, ‘अन्य २ जनाको पनि पहिचान भएको छ । १ जनाको पहिचान हुन सकको छैन ।’ डीएसपी श्रेष्ठले प्रमाण जुटाउन लागिरहेको बताए । ‘प्रमाण सङ्कलन तिर केन्द्रीत छौँ ।’ उनले भने, ‘प्रमाण भएन भने पक्राउ गरेर मात्रै के गर्ने?’ उनले प्रक्राउका लागि लागिर रहेको उनले बताए ।

मङ्सिर ३ गते आफ्नो पतिसँग नजिएको आरोप लगाउँदै उर्मिला राई नेतृत्वको समूहले उषालाई कुटपिट गरेका थिए । कुटपिटबाट गम्भिर घाइेते उषालाई तत्काल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । 

प्रतिष्ठानमा केही दिन उपचार गरी डिस्चार्ज भएकी उषाले उपचार खर्च पाउने गरी सामुदायिक प्रहरीमा मिलापत्र गरेका थिए । उषाको पुनः स्वास्थ्यमा समस्या आएपछि प्रतिष्ठान भर्ना गरिएको थियो । प्रतिष्ठानमा उपचारको क्रममा उषाको मङ्सिर १३ गते मृत्यु भएको थियो । उषालाई महिलाहरुको समूहले कुटपिट गर्नुका साथै अखाद्य तरल पदार्थ समेत खुवाएका थिए ।