इटहरीः खाडी राष्ट्र कतारमा जारी विश्वकप फुटवल प्रतियोगिता अन्तर्गत क्वाटरफाइनलमा पुग्ने टोलीको टुङ्गो लागेसँगै खेल झनै रोचकतामा प्रवेश गरेको छ । 

मंगलबार भएको प्रि–क्वाटर फाइनलको खेलसँगै अन्तिम आठको टुङ्गो भइसकेको छ भने शुक्रबारबाट क्वाटरफाइनल खेल शुरु हुँदैछ । 

साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसियाका साथै ब्राजिल, अर्जेन्टिना, इंग्ल्यान्ड, नेदरल्यान्ड्स, मोरक्को र पोर्चुगल अन्तिम आठमा पुगेका छन् ।  अन्तिम आठमा पुग्ने पहिलो चरणको काम सकिनासाथ पहिलो क्वाटरफाइनलमा ब्राजिल र क्रोएसियाबीच शुक्रबार प्रतिस्पर्धा हुने भएको छ भने दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुने  छ ।

तेस्रो क्वाटरफाइनलमा फ्रान्स र इंग्ल्यान्ड तथा अन्तिम क्वाटरफाइनलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुने भएको छ । क्वाटरफाइनलमा जित्ने टोली सिधै सेमिफाइन अर्थात अन्तिम चारमा प्रवेश गर्ने छ । प्रतियोगिता डिसेम्बर १८ सम्म चल्नेछ ।