धरानः  धरान १७ स्थित साकेला सांस्मृतिक पार्कको ‘वाबु पोखरी’ उद्घाटन गरिएको छ ।

बिहीबार पोखरीको किरात राई यायोक्खा सुनसरीको उधौली पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उद्घाटन गरिएको हो । 

पोखरीको उद्घाटन जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य अशोक राईले गरे । पोखरी ९ लाख लागतमा निर्माण भएको किरात राई यायोक्खा सुनसरी अध्यक्ष राजेन्द्र राईले जानकारी दिए ।

317910978_1413953919136993_2159846394125205950_n

 पार्क दाताबाट निर्माण गरिएको हो । पोखरी दिवंगत भएको बुवाआमाको नाममा निर्माण गरेका हुन् । छोरा युवराज राई, बुहारी रुपा राई, छोरी शोभा राई, ज्वाई चन्द्रप्रकाश राई, छोरी मनशोभा राई र ज्वाई नविन कुमार राईले दिवंगत भएका बुवा घनमान राई र आमा सइलक्ष्मी राईको नाममा निर्माण गरेको किरात राई योयोक्खका सुनसरी सचिव नविन राईले जानकारी दिए । उनका अनुसार कार्यक्रममा प्रतिनिधिसभा सदस्य अशोक राई, प्रदेशसभा सदस्य रमेश कुमार बस्नेत र विजय कुमार राईलाई सम्मान पनि गरिएको थियो ।  

317525298_1518290025329039_9220966653868123947_n