धरानः लागु औषधसहित ६ जना पक्राउ परेका छन् । धरानका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको हो ।

बुधबार इलाका प्रहरी कार्यालय धरानले धरान विभिन्न स्थानबाट ६ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा धरान ३ का सदन रोडका ३४ वर्षीय ‘मन्त्री’ भनिने मन कुमार श्रेष्ठ पक्राउ गरेको हो । 

श्रेष्ठका घरबाट फेनरगन ३२ एम्पुल , डायजेपाम ३९ एम्पुल, लुपिगेसिक ३९ एम्पुल र एभिल ४५ एम्पुल गरी कुल १५५ एम्पुल पक्राउ गरेको प्रहरीले जनाएको छ । यस्तै, लिफेलाइन ५एमएल लेखिएको तर प्रयोग नभएको सिरिन्ज २ थान , ट्रामाडोल १ हजार ट्याव्लेट, स्पास्पेइन १ हजार ५०० सय ट्याव्लेट बरामद गरेको हो । 

2 (8)

श्रेष्ठलाई लागू औषध नियन्त्रण ऐन २०३३ अनुसार अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यस्तै, धरान ५ देउराली सिरानका २६ वर्षीय अमन राई पनि पक्राउ गरेको छ । उनलाई घरबाट ट्रामाडोल ५ हजार ३९ ट्याव्लेट, स्पास्पेइन २ हजार ६४० ट्याव्लेटसहित पक्राउ गरेको प्रहरी जनाएको छ ।

 धरान १४ विजयपुरका २१ वर्षीय रञ्जित तामाङलाई स्पास्पेईन २४० ट्याव्लेट र ट्रामाडोल २५० ट्याव्लेटसहित पक्राउ प्रहरीले पक्राउ गरेको हो । धरान १४ दुईधारेबाट १९ वर्षीय नेल्शन याक्खा‚ २० वर्षीय शाहिल भण्डारी र १९ वर्षीय शेखर परियारलाई स्पास्पेइन ८ ट्याव्लेट र ट्रामाडोल ८० ट्याव्लेटसहित पक्राउ गरेको हो । उनीहरूलाई कारवाहीका लागि औषधी ब्यवस्था बिभाग बिराटनगर पठाएको प्रहरीले जनाएको छ ।